जसको प्रयासले दैलेखको पर्यटनको ढोका खुलेको छ।

लोकेश गिरी

जसको प्रयासले दैलेखको पर्यटनको भाग्य र भविष्य बदल्दिएको छ। र दैलेखको पर्यटनको ढोका समेत खुलेको छ। उनी हुन रमेश रिजाल। २०५६ सालमा गुराँस गाउँपालिका वडा नं ४ गुराँसे बजारमा पिता तुलाराम जैसी माता लीलादेवी कँडेलको कोखबाट जन्मिएका रमेश रिजालले। उच्च शिक्षा काठमाडौँबाट हासिल गरेका छन् रिजालले। दैलेखको होटल बजारको रूपमा रहेको गुराँसे बजारमानै कुनैबेला बुवा आमाको होटल नै थियो। बाआमाको होटल पेशाबाट प्रभावित भएका रमेशले ठूलो भएपछि पनि होटल सञ्चालन गर्ने मन बनाएका थिए। आफ्नो सपना जब अगाडि बढ्यो तब सुरु भयो उनको कठोर यात्रा दैलेख जस्तो पहाडी जिल्लामा त्यसमा पनि गुराँसेमा १८ करोड रुपैयाँ लगानी गरेर होटेल सञ्चालन गर्नु चानचुने कुरा थिएन। आफैमा जोखिमपूर्ण निर्णय थियो। तर रमेशमा एउटा विशाल अठोट थियो र आत्मविश्वास पनि। उनिको सपनाको अगाडि कसैको केही लागेन सुरु गरे सपनाको पेशा, परिवारको कृषि पेशा थियो जसबाट तरकारी, लोकल कुखुरा आफ्नै घरमा उत्पादन हुन्छ र सो कुरालाई होटल मार्फत बिक्री गर्न सकिन्छ एउटा नयाँ आइडिया लगाए। अनि यसरी सुरु भयो dad,s pride नामक होटलको जन्म। अहिले कर्णाली प्रदेशकै आकर्षणको केन्द्रबिन्दुमा छ होटल dad,s pride जहाँ हिन्दुस्तानको दिल्ली देखि गर्मी छल्न, नेपाली खाना खान लागि सपरिवारहरू होटलमा आउने हुरुको लर्को लागेको छ। यो सानो कुरा होइन दैलेखको सामान्य ठाउँमा गरेको होटलले छिमेकी देश भारतबाट समेत पर्यटन आउने कुरा पक्कै पनि सामान्य होइन। यो त दैलेखको पर्यटनको भाग्य र भविष्य बदल्दिने कर्म हो। यसले दैलेखको पर्यटनको सिर ठारो गर्छ। यहाँ सम्पूर्ण खानाहरू अर्गानिक पाउनुका साथै खासगरी कोदोको रोटी,र सिस्नो यहाँको प्रसिद्ध खानामा पर्छन्। निकै सरल स्वभावको रमेश आगामी दिनहरूमा यसै होटललाई एडभान्स गराउने र आफू जन्मेको ठाउँलाई विश्वमा चिनाउने आफू पनि चिनिने यसै मार्फत जन्मभूमिको सेवा गर्ने उनको विचार रहेको छ। पनि भन्छन् यति पैसाले त काठमाडौँमा आनन्द तरिकाले जीवन बिताउन सक्थे। तर यो पेशा व्यवसायले मसँगै मेरो जन्मभूमि पनि प्रसिद्ध हुँदै गइरहेको छ। विश्वास छ एकदिन आम मान्छेहरूको पनि गन्तव्य बनाउन सकिने रिजालको भनाइ भनाई छ। होटल सञ्चालनमा आएको अहिले दुई वर्ष पुगेको छ। वार्षिक ८० लाख समेत आम्दानी गरेको रिजालको दाबी छ। यस्ता किसिमका होटल रेस्टुरेन्टले जिल्लाको पर्यटनमा ठूलो टेवा पुर्याउने विश्वास पर्यटक सम्बन्धी कलम चलाउने पत्रकार गोविन्द केसीको भनाई छ। अहिले भने मात्र सम्बन्धित निकायबाट सम्मान र स्याबासी खाँचो उनीलाई रहेको रहेको छ।