विश्वकर्मा समाजको अध्यक्षमा : युबलाल

मदन बिक

एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाजको २१ औँ वार्षिक साधारण सभा तथा ७ औँ अधिवेशन उत्साहपूर्ण उपस्थितिका बीचमा सम्पन्न भएको छ। यस ऐतिहासिक अधिवेशनले सर्वसम्मत रूपमा युबलाल विश्वकर्माको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। युवलाल विश्वकर्माको नेतृत्वमा सर्वसहमत कार्यसमिति चयन भएको हो विश्वकर्मा निस्कलङ्क , जुजारु र प्रष्ट वक्ता हुन। विश्वकर्माले भने देशव्यापी रूपमा देशकै जनसङ्ख्याको दृष्टिकोणले सबैभन्दा बढी जनसङ्ख्या रहेको जातिलाई गरिएको दमन अन्यायका विरुद्ध देशैभरिबाट संगठित हुने र यस संगठनलाई जिल्लाजिल्ला तहमा लगी आफ्नो अधिकार पहिचान , सँगै दुःखमा परेका विश्वकर्मा जातिको सहयोगको लागि यो संगठन अगाडि बढ्ने नवनिर्वाचित अध्यक्ष विश्वकर्माले बताए। कार्यक्रममा पूर्व मन्त्रीहरू विभिन्न राजनीतिक दलका दलित नेताहरू उपस्थिति रहेका थिए।  सर्वसम्मत भएका कार्यसमितिहरूका नाम हरु।

१ अध्यक्ष: युवालाल विश्वकर्मा

२ उपाध्यक्ष: दिपक नारायाण विश्वकर्मा

३ उपाध्यक्ष: कल्पना रामदाम विश्वकर्मा

४ उपाध्यक्ष: श्याम कुमार विश्वकर्मा

५ महासचिव: प्रेम विश्वकर्मा

६ कोषाध्यक्षम शम्भु रसाली

७ सचिव: संजु सिंह विश्वकर्मा

८ सदस्य: सन्तोषी गहतराज

९ सदस्य: भिम घिमिरे

१० सदस्य: मनोज विश्वकर्मा

११ सदस्य: पवित्र विश्वकर्मा

१२ सदस्य: जिवन विश्वकर्मा

१३ सदस्य: कृष्ण गदाल

१४ सदस्य: छत्र (प्रकाश) विश्वकर्मा

१५ सदस्य: शिशु विश्वकर्मा

१६ सदस्य: शंकर सुनार

१७ सदस्य: मोहन बराइली