दैलेखमा यात्रु सुरक्षा अभियान सञ्चालनमा

दैलेखमा यात्रु सुरक्षा अभियान सञ्चालनमा आएको छ। जिल्ला ट्राफिक कार्यालय दैलेखले यो अभियान सुरु गरेको हो। सिट क्षमताभन्दा बढी राखिएका मुडा ओल्डिङ गरिएको सिटले हुन् सक्ने दुर्घटनालाई मध्यनजर गर्दै अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालय दैलेखका प्रमुख शारदा प्रसाद चौधरीले बताए। ट्राफिक चेकिङ अन्तर्गतका चुप्रा ,डुङ्गेश्वर, घोडाबास, गुराँसे लगायतको ठाउँमा चेकिङ गरिएको छ।आज मात्र सो किसिमका सिटहरु झिक्ने काम गरिएको गुराँसेमा कार्यरत सहायक हवल्दार भूपेन्द्र केसीले बताए। दैलेख बजारको ट्राफिक भिडभाड , छुटकाउन्टर, वान वय लगायतको विषयमा दैलेख ट्राफिकले काम गर्दै आएको छ।