नरेन्द्र केरुङ केन्द्रीय सदस्यको उम्मेद्वार

पाँचथर– नेपाली काग्रेस पाँचथरका निर्वातमान सभापति नरेन्द्र कुमार केरुङ केन्द्रीय सदस्यको उम्मेद्वार हुने भएका छन् । काग्रेसको १४ औँ महाधिवेशनमा आदिवासि जनजाती तर्फबाट केन्द्रीय सदस्यको उम्मेद्वार हुने घोषणा गरेका हुन् ।

‘दुई कार्यकालको जिल्ला सभापतिको जिम्मेवारी पुरा भएको छ । अब केन्द्रीय सदस्यको उम्मेद्वारको रुपमा आफूलाई अघि सारेको छु । देशभरबाट आउनुहुने प्रतिनिधि ज्यूहरुले माया गर्नु हुन्छ भन्ने अपेक्षा राखेको छु’ केरुङले भने ‘लोकतन्त्रको सुदृढिकरण, पार्टी संगठनको निर्माण र परिचालनमा सकेसम्म राम्रो गर्ने प्रयास गरीएको छ । केन्द्रीय सदस्यको उम्मेद्वारी मेरो लागि अवसर हो ।’

केन्द्रीय सदस्यको तयारीका लागि प्रदेश राजधानी विराटनगर र संघिय राजनधानी काठमाण्डौँका लागि सोमबार यात्रा प्रारम्भ गरिएको उनले जानकारी दिए । दुई पल्ट जिल्ला सभापति निर्वाचित भएका केरुङले दोश्रो संविधान सभा निर्वाचन र प्रदेश सभा निर्वाचनमा पाँचथर क्षेत्र न. १ (क) बाट उम्मेद्वार थिए । जिल्ला कार्यसमितिमा दुई पल्ट सह–सचिवको भुमिका निर्वाह गरेपछि सभापति निर्वाचित भएका थिए । टे«ड युनियन काग्रेस पाँचथरको तीन कार्यकालको सभापति भएका केरुङको साहित्यिक व्याक्तित्व पनि रहेको छ । पाँचथर बहुमुखि क्याम्पसमा प्राध्यापन गर्दै गर्दा सभापति निर्वाचित भएका केरुङ २०६७ सालमा प्रजातन्त्रवादि प्राध्यापक संघको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

अग्रजको सम्मान, नयाँ पुस्तालाई प्रोत्साहन गर्दै संगठन निर्माण, अभिलेखिकरण तथा राजनीतिक÷सैद्धान्तीक बहस गर्दै अघि बढ्ने योजना केरुङले सुनाए । युग सुहाउदो संगठन निर्माणलाई जोड दिदैँ निरन्तर पार्टीको काममा लाग्नलागि उम्मेद्वारी दिन लागेको केरुङले जानकारी दिए । उक्त पदमा देशभरीबाट निर्वाचित महाधिवेशन प्रतिनिधिले मतदान गर्नु पर्छ ।