दैलेखका स्थानीय तहको उपनिर्वाचनमा दिइएको जिम्मेवारी कुशलतापुर्वक निभाएको भन्दै जिल्ला प्रशासन कार्यालयले सम्मान गरेको छ। निष्ठाका साथ त्रुटिरहित भुमिका निर्वाह गरेको भन्दै प्रहरी सहायक निरीक्षक भूपेन्द्र शाहीलाई प्रशंसापत्रले सम्मान गरिएको हो। प्रमुख जिल्ला अधिकारी नवराज जैसी र जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत कुल प्रसाद पाण्डे द्वारा आज एक औपचारिक कार्यक्रममा सम्मान दिनु भएको हो। प्रशंसा-पत्र पाउने मौका मिल्यो मेरो कार्यक्षमताको उच्च मुल्यांकन गरेकोमा खुसी लागेको शाहीले बताए। उपनिर्वाचनमा खटिने थुप्रै व्यक्तित्वलाई जिल्ला प्रशासन कार्यालयले सम्मान गरिएको थियो।
अनलाइन नागरिक २२ पुष २०८१, सोमबार १८:३०