एनआरएन ओहायो च्याप्टर अमेरीकाको अध्यक्षमा दैलेख वुढा निर्वाचि १८ श्रावण (ओहायो) अमेरीकादैलेखका विजयी वुढा गैरआवासीय नेपाली संघ (एनआरएनए) ओहायो च्याप्टर अमेरीकाको अध्यक्षमा सर्वसम्म चयन भएका छन् । दैलेखको महावु गाउँपालिका ३ बाँसीका वुढा एनआरएनए ओहायो च्याप्टर अमेरीकाका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।अध्यक्षमा निर्वाचित भएपछि वुढाले गैरआवासीय नेपालीहरुको साथ र विश्वास नै आफुहरुको शक्ति भएको प्रतिक्रिया दिएका छन् । उनले गैरआवासीय नेपालीहरूको भरोसालाई कहिल्यै टुट्न नदिने भन्दै गैरआवासीय नेपाली समुदायको हित र प्रगतिका लागि निरन्तर लागिरहने प्रतिवद्धता जनाएका छन् ।ओहायोस्थित नेपालीहरूको लागि सांस्कृतिक, शैक्षिक, र कन्सुलर सेवा प्रवाहनेपाली राजदूतावाससँग सहकार्यमा सेवा शिविर र सम्पर्क कार्यक्रमस्थानीय नेपाली संघसंस्थासँग सहकार्य गरी समुदायमुखी कार्यक्रमको आयोजनाओहायो र राष्ट्रिय समन्वय परिषद् (NCC) बीचको सम्बन्ध अझ सुदृढ बनाउने सपना रहेको थप्दै भने।यसअघि प्रवासी नेपाली मन्चको अध्यक्ष समेत रहेका वुढा एनआरएनए ओहायो च्याप्टर अमेरीकाको अध्यक्षमा निर्वाचित भएका हुन् । यहाँ बस्ने सबै नेपालीलाई एकताबद्ध बनाई एकआपसमा नेपाली बाँच्ने बचाउने अभियानमा आफू लागिपर्ने बुढाले बताए। आफ्नो जन्मभूमि दैलेख हुँदा पनि अनुशासन र जेहनदार विद्यार्थीको छवि बनाएका विजयले देश प्रदेशमा पनि यस्तै नाम कमाएको आफू प्रसन्न रहेको उनका बाल्यकालका साथी टोपेन्द्र थापाले बताय।


अनलाइन नागरिक १८ श्रावण २०८२, आईतवार १९:२६