घरेलु महासंघ दैलेखको अध्यक्षमा कोईराला निर्वाचित ॥

मोहन सोनी

नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा गणेश कोइराला निर्वाचित भएका छन् । दैलेख सदरमुकाममा भएको तिस्रो जिल्ला सम्मेलनबाट कोईरालाको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा शुशु कुमारी बुढा, उपाध्यक्षमा पुर्णकला बुढा मगर, कोषाध्यक्षमा नन्दा कुमारी बुढा, महासचिवमा पदम बहादुर सुनार, निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा धर्म नेपाली, जैसरा आर्चाय, उदय बहादुर खड्का, आशा शाही, रचना नेपाली हिमराज शाही, टीकादेवी जैसी निर्विरोध निर्वाचित भएका छन्
यसैगरी, महासंघकै केन्द्रिय प्रतिनिधि याम बहादुर मल्ल, प्रकाश न्यौपाने, शुवास कुमार थापा, झलक निर्विरोध निर्वाचित भएका छन् भने प्रदेश प्रतिनिधि झलक भण्डारी, राजन कुमार खड्का, शेर बहादुर कठायत निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष कोइरालाले महासंघको गतिविधि जिल्लामा गर्दै आइरहेको अब झन् साना घरेलुको हक अधिकारका लागि संगठित भएर लागिने नव निर्वाचित कोइरालाले बताए। महासंघको उपस्थितिलाई व्यापक बनाउँदै लैजाने र लघु, घरेलु तथा साना उद्योगीहरुलाई आत्मस्वाभिमानका साथ अगाडि बढ्न सक्ने वातावरण बनाउन लागिपर्ने नवनिर्वाचित केन्द्रीय प्रतिनिधि सुबास थापाले बताए। यस महासंघमा युवाहरू झलक भण्डारी, शेरबहादुर कठायत लगायतको ऊर्जाशील टिम निर्वाचित भएको छ। महासङ्घले जिल्लामा व्यापक गतिविधि गर्ने आकलन गरिएको छ।