महावु गाउँपालिका मुख नाका तारागाढ खोलाको पुल निर्माण सम्पन्न भएको छ। निर्माण सम्पन्नसँगै आरबी कन्स्ट्रक्सनको प्रशंसा गरिएको छ। समय अवधि हुँदा पनि ८ महिना अगाबै निर्माण सम्पन्न हुँदा स्थानीयवासीले सरोकार सामाजिक सञ्जाल मार्फत प्रशंसा गरिरहेका छन्। ठेकेदारले काम अलपत्र देशैभरि छोडिरहेको अवस्थामा दैलेखमा भने पुल निर्माण सम्पन्न निर्धारित समय अगावै भएको विषयले यति खेर प्रशंसा सहितको चर्चा चुलिएको हो। यो कम्पनीले पुलको सेक्टरमा दैलेखमा छिटो छरितो काम गर्ने सूचीमा अग्रपन्थीमा रहेको पाइएको छ। कम्पनीले मध्यपाडी राजमार्ग अन्तर्गतका पुलहरुका काम यसरी नै सम्पन्न गरेको थियो। अब महाबु गाउँपालिका जानलाई बर्खा हिउँद कुनै पनि समयमा सवारी साधनसहित पैदल यात्रीको लागि पनि सहज भएकाले हामीहरु अति खुशी भएको स्थानीय राजेश शाहीले बताए। पूर्वाधार विकास कार्यालय दैलेख र आरबी कन्स्ट्रक्सन दैलेखबीच २०८१ वैशाख १७ गते सम्झौता भएको थियो । सम्झौता अनुसार पुल २०८३ असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने भनिए पनि सम्झौता अवधिभन्दा पहिला नै काम सकेको हो । कम्पनीले कार्यालयसँग ३ करोड ६२ लाख ७६ हजार ४ सय ६३ रुपैँया ७९ पैसामा (भ्याट सहित) पुल निर्माणको सम्झौता भएको थियो । सबैको सहयोगले आफ्नै जिल्लामा छिटोसरी छरितो काम गर्न पाउँदा खुसी लाग्ने गरेको रूपक थापाले बताए। छिटो छरितो गुणस्तरीय कामको लागि थापाको यतिखेर सेवाग्राही र सरोकारवाला निकायहरुले खुलेरै प्रशंसा गरिरहेका छन्।महावु गाउँपालिका जोड्ने तारागाढ खोला पुल समयभन्दा अघि सम्पन्न भएको पूर्वाधार विकास कार्यालय दैलेखका प्रमुख प्रविण कार्कीले बताए। कार्कीले भने राम्रो काम गर्नेले पुरस्कार, ढिलो सुस्ती गर्ने निर्माण कम्पनीको ठेक्का तोड्ने काम समेत भइरहेको कार्कीले बताए।


अनलाइन नागरिक २४ कार्तिक २०८२, सोमबार १८:४८