दैलेख सदरमुकाममा आज बैंकर्स क्लब दैलेख गठन भएको छ। श्याम महतरा को अध्यक्षतामा १० सदस्य समिति गठन भएको हो। उपाध्यक्ष मा राष्ट्रिय वाणिज्य बैंक दैलेखका शाखा प्रमुख कृष्ण प्रसाद उपाध्याय, प्रभु बैंक शाखा प्रमुख सचिवमा उमेश प्याकुरेल , कोषाध्यक्षमा सिद्धार्थ बैंक दैलेखका प्रमुख रोशन राज दाहाल ,र सह सचिवमा एनएमबी बैंक दैलेखका प्रमुख विजयराज जोशी, सदस्य हरुमा NIMB बैकका शाखा प्रबन्धक शान्ति देव पूरी
राष्ट्रिय सहकारि बैकका शाखा प्रबन्धक प्रकाश राज कार्की
कुमारी बैकका शाखा प्रबन्धक खगेन्द्र थापा र
global ime बैकका शाखा प्रबन्धक यज्ञ राज खनाल
nic asia का प्रबन्धक सुजल मल्ल
र कृषि बिकास बैकका प्रबन्धक अन्जन कुमार राई सदस्यमा निर्वाचित भएका हुन्। वाणिज्य बैंक हरुको छाता संगठनको रुपमा यस संस्थाले कर्मचारीको हकहितका लागि बोल्ने र एकआपसमा भाईचाराको सम्बन्ध प्रगाढ बनाउने उदेश्यका साथ निर्माण गरेको संस्था हो। आन्तिरक सम्बन्ध स्थापित गर्ने र संगठित रुपमा सामाजिक कार्य गर्ने मुख्य उद्देश्य रहेको नबनिर्बाचित सचिव उमेश प्याकुरेलले भने “सुरुमा यहाँ रहेका सबै वाणिज्य बैंकहरू वाणिज्य बैक संगठित भएका छौं ।” पछि दैलेखमा रहेका
“बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने सबैलाई संगठित गरेर अगाडि बढ्ने हाम्रो योजना रहेको प्याकुरेलले बताए।
अनलाइन नागरिक ३ भाद्र २०८०, आईतवार २१:०६