तिलक बिक उत्कृष्ट कार्यालय प्रमुख हुन सफल भएका छन। जिल्ला प्रशासन कार्यालय दैलेखद्वारा गठित मूल्याङ्कन समिति सिफारिस बमोजिम आर्थिक वर्ष २०८१/८२ अन्तर्गतको जिल्ला स्थित स्थानीय तहका कार्यालय प्रमुख हरूमध्ये उत्कृष्ट कार्यालय प्रमुख बिक आज घोषित भएका हुन्। उत्कृष्ट बन्नुका साथै नगद रकम रु ५ हजारले रुपयाले पुरस्कृत भएका हुन्। एकीकृत सेवा प्रवाह , सुशासन मैत्री, आर्थिक पारदर्शिता, छिटो छरितो कामकाज, पालिकामा नियमित कर्मचारीहरूको उपस्थिति, वित्तीय प्रगति, जनमैत्री प्रशासक, कार्यालय सरसफाई लगायतका सूचकको आधारमा ११ स्थानीय तह मध्यका प्रमुख प्रशासकीय अधिकृत मध्य बिक उत्कृष्ट भएका हुन्। तिलक दैलेख दुल्लु निवासी हुन। उनी सानैदेखि अध्ययनशील अनुशासित लगनशील व्यक्तित्वको रूपमा चर्चित छन्। तिलकले तत्कालीन जिल्ला विकास समितिको कार्यालय बाट नासु पदबाट निजामतीमा प्रवेश गरेका हुन्। उनीले पालिकामा हाल एकीकृत सेवा प्रभात सिस्टम नगरपालिकामा लागू गरी पालिका हाँकिरहेका छन्। गलत गर्ने र दण्डित, राम्रो गर्नेलाई पुरस्कार भने उद्देश्य बोकी प्रमुख जिल्ला अधिकारी बर्दिनाथ गैरेले आफूले यो अभियानको थालनी गरेको बताए। गैरेले दैलेखमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी प्राप्त गरिसके पछाडि सुशासन, पारदर्शिता सेवा प्रवाहमा ठूलो योगदान जिल्लामा चर्चा रहेको छ।


अनलाइन नागरिक ५ आश्विन २०८२, आईतवार २२:०९