अस्पतालको विकासका लागि धेरै कसरत गर्छु: डा. विश्वकर्मा

प्रवीन सुनार

डाक्टर मनोज विश्वकर्माले दैलेख अस्पतालको सुधारका लागि आफूले धेरै कसरत गर्ने बताएका छन्। दैलेख जिल्ला खोप सुनिश्चितता निरन्तरता तथा दिगोपनता घोषणा सभामा बोल्दै उक्त कुरा बताएका हुन्। स्वास्थ्य सेवा कार्यालय दैलेखको भौतिक, प्राविधिक, पूर्ण जनशक्ति सरल सेवा सुविधामै जोडबल गर्नुपर्ने देखिएकाले आफूले सोही विषयमा कसरत गरी रहेको बताएका हुन् । दैलेख दुल्लु निवासी विश्वकर्मा विद्यार्थी जीवनकालदेखि नै निकै मेहनती अनुशासित र जेहनदार थिए। उनको मेहनतको फलले आज उनीलाई आफ्नै जिल्लावासीको सेवा गर्ने मौका मिलेको छ। केही महिना अघि मात्रै स्वास्थ्य सेवा कार्यालय दैलेखको प्रमुखको जिम्मेवारीमा रहेका मनोजलेले अस्पतालमा केही सुधारका संकेत गरेका छन् । आज भोलि बिरामीहरुले सहज ढङ्गबाट सेवा दिइरहेका छन्।