दैलेखको ठाँटीकाँध गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को जेष्ठ मसान्त सम्म १२ लाख भन्दा बढी राजश्व संकलन गरेको छ । पालिकाले जेष्ठ मसान्तसम्म १२ लाख १३ हजार २ सय ५८ रुपैंया ३६ पैसा राजश्व संकलन गरेको हो ।आन्तरिक आम्दानीको स्रोत न्यून रहेको गाउँपालिकाले गत आ.व. २०८०/०८१ को तुलनामा चालु आ.व.मा राजश्व संकलन वृद्धि गरेको हो । पालिकाको वडागत तथा पालिकागत शिर्षकको आन्तरिक आम्दानी सार्वजनिक गर्दै गाउ्रँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी प्रसाद उपाध्यायले गत आ.व. २०८०/०८१ भन्दा चालु आ.व. २०८१/०८२ मा राजश्व बढेको जानकारी दिए ।गाउँपालिका भित्रका ६ वटा वडाबाट १२ लाख १३ हजार २ सय ५८ रुपैयाँ ३६ पैसा राजश्व संकलन भएको हो । वडागत रुपमा सवैभन्दा बढी राजश्व वडा नं. ५ ले संकलन गरेको छ भने सबैभन्दा कम राजश्व वडा नं. १ ले संकलन गरेको छ । वडा नं. १ ले १ लाख १६ हजार २ सय ९२ रुपैयाँ ३० पैसा राजश्व संकलन गर्दा सवैभन्दा वढि वडा नं. ५ ले २ लाख ३१ हजार २ सय ६४ रुपैयाँ ७८ पैसा राजश्व संकलन गरेको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले जानकारी दिए ।यसैगरी वडा नं. २ ले १ लाख २५ हजार ६ सय ३१ रुपैंया ६३ पैसा, वडा नं. ३ ले १ लाख ८५ हजार ४ सय ७७ रुपैंया ९७ पैसा, वडा नं. ४ ले १ लाख ६९ हजार ९ सय रुपैयाँ ७७ पैसा र वडा नं. ६ ले १ लाख २४ हजार ५ सय ८२ रुपैंया ९१ पैसा राजश्व संकलन गरेका छन् ।वडाहरुले विभिन्न सिफारिस दस्तुर, सम्पत्ति घर/जग्गा दस्तुर, घर बहाल कर, नक्सा पास दस्तुर, व्यवसाय दर्ता तथा नविकरण शुल्क, प्रशासनिक शुल्क लगायतको शिर्षकमा राजश्व संकलन गरेको प्रमुख प्रशासकीय अधिकृत तुलसीप्रसाद उपाध्यायले जानकारी दिए । उपध्याय दैलेख निवासी निजामती कर्मचारीमा भद्र अनुशासित , मेहनती कर्मचारीको छवि बनाएका व्यक्तित्व हुन्। उनीले सोही ढंगले पालिका सञ्चालन गरेको छ। साभार मातृभूमि


अनलाइन नागरिक ७ श्रावण २०८२, बुधबार १४:३८