नेपाली कांग्रेस दैलेखको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न

नारायण सदाशंकर

नेपाली कांग्रेस दैलेखले जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा वर्तमान राजनीतिक अवस्था र नेपाली कांग्रेसको भूमिकाबारे छलफल गरी कार्यक्रम समपन्न भएको हो । प्रशिक्षण शाखा प्रमुख रिता शाहीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस कर्णाली प्रदेश सहमहामन्त्री उपेन्द्र थापाले कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस दैलेखका सभापति मणीराम रेग्मीले पार्टीलाई बलियो बनाउन प्रशिक्षणको महत्वबारे प्रकाश पारे । प्रमुख अतिथि थापाले पार्टीलाई मजबुत र सशक्त बनाउन नेता तथा कार्यकर्ताका लागि समयानुकूल प्रशिक्षण आवश्यक पर्ने उल्लेख गरे ।जिल्ला, क्षेत्र, प्रदेश र पालिकाका पदाधिकारीहरुलाई लक्षित गरी कार्यक्रम गरिएको पार्टी प्रवक्ता संदेश कठायतले जानकारी दिए । कार्यक्रममा वर्तमान राजनिती अवस्था शिर्षकमा शिक्षक संघ केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा, नेपाली काग्रेसको इतिहासमा प्रा. पिताम्बर ढकालले नेपाली काग्रेसको सिद्धान्त राष्ट्रियता लोकतन्त्र समाजबाद विषमा प्रदेश कार्यसमिति सदस्य गोविन्द्र कोईराला प्रशिक्षण दिएका थिए ।दैलेख सदरमुकाम स्थित पार्टी कार्यालयमा आयोजित वर्तमान राजनीति अवस्था र नेपाली कांग्रेसको भूमिका विषयक प्रशिक्षण कार्यक्रममा कर्णाली प्रदेश सामाजिक बिकास मन्त्री घनश्याम भण्डारी, कर्णाली प्रदेश सामाजिक विकास समितिका सभापति पुर्ण बहादुर खत्री, माननिय कृष्ण कुमार बि.सी. माननिय ईन्द्रा शाही, पार्टीका उपसभापति  नमराज शाही, पार्टी सचिव खेमराज ओली युवा नेता झलक भण्डारी लगायत १ सय ४५ बढी नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्रियता प्रजातन्त्र समाजवादको कार्यदिशामा सबै नेताहरू एक ढिक्का भएर जाने , अब देखि नाजायज गुटको खेती नगर्ने सफा विचार समूह खडा गरेर आगामी महाधिवेशन एकताको महाधिवेशन गर्ने प्रतिबद्धता समेत नेताहरूले गरेका छन्।