जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखको आयोजनामा प्राथमिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ। आज आफै कार्यालयमा शिविर आयोजना गरेको हो। सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्य अनुरुप आँखा र उच्च रक्तचापको चेकजाच गरेको हो। दैलेख स्वास्थ्य कार्यालयको स्वास्थ्यकर्मीले चेकजाँच गरेका थिए। भने करिब ४० जना चालक सहचालकले सेवा लागेका हुन। यसै शिविरमा ट्राफिक नियम सम्वन्धि जनचेतना दिएको जिल्ला ट्राफिक प्रमुख टपेन्द्र महताराले बताए। पछिल्लो चरणमा कर्णाली प्रदेशमा सवारी दुर्घटनाले ठूलो मात्रामा मानवीय क्षति भइरहेको छ।
अनलाइन नागरिक २ मंसिर २०८१, आईतवार २१:४२