नेपाल प्रजातन्त्र सङ्घको दोस्रो अधिवेशन सम्पन्न

नेपाल प्रजातन्त्र सेनानी संघको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ। आज नेपाली कांग्रेसको पार्टी कार्यालयमा भएको अधिवेशनबाट अध्यक्षमा रण बहादुर थापा,उपाध्यक्षममा, हेमाकान्त रिजाल, सचिबमा, राजेश कुमार बुढा, सदस्य प्रबक्तामा, रेसम बिक,सदस्यहरुमा,बिष्णु नाथ योगी, राम प्रसाद कोइराला, पदम बहादुर साही, केसब भण्डारी, सेर बहादुर थापा मगर, तेज बहादुर शाही चयन भएका छन्। २०४६ साल भन्दा अगाडि प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएका कांग्रेसका पुराना नेताहरूको यो ऐतिहासिक संगठन रहेको मणिराम रेग्मीले बताए। कार्यक्रममा सङ्घका केन्द्रीय सदस्य हरि आचार्यले बहुदल ल्याउने योगदान गरेका कांग्रेसका पुराना पाका नेताहरूलाई सम्मान गर्नका लागि यो संगठन अब लागिपर्ने बताए। भने प्रतिबन्ध कालमा बहुदल पक्षमा आवाज बुलन्द गर्ने रण बहादुर थापाको नेतृत्वमा कार्यसमिति चयन गरेको हो। यस अधिवेशनमा कांग्रेस पार्टीमा अतुलनीय योगदान गर्ने परिवारलाई समेत सामान गरिएको छ।