नेता कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पार्टी सभापति मणिराम रेग्मीले महाबु गाउँपालिकाको अध्यक्षको कुर्चीमा बस्ने अधिकार मात्र झलक भण्डारीलाई रहेको बताएका छन्। कार्यक्रममा बोल्दै महाबुको जनताले पाँच वर्षको लागि त्यो कुर्ची स्वर्गीय लक्ष्मण गुरुङलाई दिएका त्यसको वास्तविक हकदार नेपाली कांग्रेसका उम्मेदवार युवा नेता झलक भण्डारीको रहेको अब बाँकी समय पनि लक्ष्मण गुरुका सपनाहरूलाई पूरा गर्नका लागि भण्डारीलाई दिनुपर्ने जिकिर गरेका छन्। कार्यक्रमका प्रमुख वक्ताका रूपमा रहेका नेपाल सरकारका पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले माहाबु मुकाम सम्मआउने कच्ची बाटोलाई स्तर उन्नति गर्नका लागि आफूले सरकारको ध्यान आकर्षण गराउने दाबी गरेका छन्। त्यसका लागि कांग्रेसको उम्मेदवारलाई जिताउन अपिल पनि गरेका हुन्। कर्णाली सरकारका पूर्व पर्यटन मन्त्री एवं प्रदेशका सांसद कृष्णकुमार बिसीले आफ्नो कार्यकालमा महाबु गाउँपालिकालाई पुल, भवन लगायतका विकासीय गतिविधि दिएको दाबी गरेका छन्। कार्यक्रममा नेपाली कांग्रेस थुप्रै नेताहरूले गाउँपालिकाको नेता कार्यकर्ताको एकता नै जित्ने मुख्य आधार भएको संघीय माननीय दिक्पाल शाहीले बताए कार्यक्रममा नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो। नेपाली कांग्रेस दैलेखले पहिलो चुनावी कार्यकर्ता भेटघाट आज बाट सुरु गरेको छ।
अनलाइन नागरिक ३ मंसिर २०८१, सोमबार २१:३४