कृषि वातावरण एवं ग्रामीण पूर्वाधार विकास केन्द्र नेपालले अगुवा कृषकलाई बिउ वितरण गरेको छ। वीरेन्द्रनगरपालिका वडा नम्बर १० का कृषकलाई आज वितरण गरेको हो। प्रति व्यक्ति पाँच सय रुपैयाँ बराबरको मुला, स्विच साग, सिमी, टमाटर,धनियाको बिउ ४० जना कृषककलाई वितरण गरेको हो। अगुवा कृषकहरूको पहिचान गरी एक कार्यक्रम बीच वितरण गरिएको संस्थाको प्रदेश अध्यक्ष प्रकाश पौडेलले बताए। यस वडामा धेरै पुराना कृषकहरू रहेका छन। कर्णाली प्रदेशको पुरानो गैरसरकारी संस्थाको रुपमा रहेको यस संस्थाले कृषि वातावरण र पूर्वधारको क्षेत्रमा काम गर्दै आएको छ। अब कर्णालीका दस ओटै जिल्लामा शाखाको विस्तार गरी कृषि वातावरण र पूर्वधारको विषयमा काम गर्ने लक्ष्य रहेको संस्थाका प्रदेश अध्यक्ष प्रकाश पौडेलले बताए।
अनलाइन नागरिक २७ कार्तिक २०८१, मंगलवार १९:४१