दैलेख कांग्रेसको प्रवक्तामा कठायत

नेपाली कांग्रेस दैलेखको प्रवक्तामा शेरबहादुर कठायत (सन्देश) मनोनीत भएका छन्। आज बसेको नेपाली कांग्रेसको बैठकबाट चयन भएका हुन्। पार्टीको नियमावली २०७६ परिषद ६३ बमोजिम प्रवक्तामा मनोनित गरिएको सभापति मणिराम रेग्मीले बताए। पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउन प्रवक्ता नियुक्ति गरिएको रेग्मीको दाबी छ। कठायत नेपाली जिल्ला कार्यसमितिका सदस्य समेत हुन् भने प्रेस युनियन उपसभापति समेत रहेका छन। निकै मिजासिला स्वभावका कठायत युवाहरुका बीच चर्चित समेत रहेका छन्।