आधारभूत जीवन सहायता तालिम सम्पन्न

नेपाल रेडक्रस सोसाइटी दैलेख जिल्ला शाखा द्वारा सञ्चालित सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल कार्यक्रम अन्तर्गत भगवतीमाई गाउँपालिकामा संचालित आधारभुत जीवन सहायताका लागि एक दिने तालिम सम्पन्न भएको छ।

कार्यक्रममा स्वास्थ्य संस्थाहरुको प्रमुख , शिक्षक, कर्मचारी, रेडक्रस प्रतिनिधिहरु लगायतका करिब ४० जनाको सहभागिता रहेको थियो। हिर्दय घात अकस्मात मुटुसम्बन्धी जटिलता देखा परेमा समुदायका मानिसहरुमा कसरी बच्ने भने बिषयमा सीपमूलक तालिम दिएको रेडक्रस सोसाइटी दैलेख शाखाका कार्यालय प्रमुख यामराज खड्काले बताए। कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय दैलेखमा कार्यरत डाक्टर सुदिप खड्का , पालिका संयोजक भोजराज ओझा र यमराज खड्काको सहजीकरण रहेको थियो। भने कार्यक्रमको प्रमुख अथिती एबम प्रतिनिधि सभा सदस्य माननीय अमर बहादुर थापाले रक्त सञ्चार केन्द्र स्थापनाका आफुले सहयोग छिटै गर्ने बताएका थिए। विशेष अथिती रेडक्रस सोसाइटी दैलेख शाखाका सभापति निराजन खत्रीले अब सबै संगको सहकार्यबाट अगाडि बढ्ने योजना रहेको बताए। रेडक्रस काम यस पालिकामा प्रभावकारी रहेको भगवतीमाई गाउँपालिका अध्यक्ष गणेश थापाले बताए।