दैलेख कांग्रेसको १०० दिने साङ्गठानिक अभियान आरम्भ

नेपाली कांग्रेस दैलेखको १०० दिने सांगठनिक अभियान आरम्भ भएको छ। आज नेपाली कांग्रेसको पार्टी कार्यालयमा भएको कार्यक्रमबाट औपचारिक ढङ्गबाट सुरु भएको हो। असोज ७ गतेदेखि पौस १६ गते सम्म कार्यक्रम हुने छ। ९० वडाहरूमा पार्टीले पार्टी प्रतिनिधि तोक्नुका साथै दैलेखका ११ स्थानीय तहहरूमा समेत पार्टी प्रतिनिधि तोकिने भएको छ। महासमिति सदस्य, महाधिवेशन अन्य इच्छुक नेताहरूलाई प्रतिनिधिको रुपमा छनोट गरिने भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसको केन्द्रीय सदस्य जानकी सिंहले सबै प्रकार रुष्टता बिर्सिएर बस्ती बस्तीसम्म कांग्रेस पुग्ने बेला आएको बताइन्। १०० दिनसम्म चल्ने यस कार्यक्रमलाई पार्टीले विशेष कार्यक्रमको रूपमा गाउँ गाउँसम्म लैजान लागेको पार्टी सभापति मणिराम रेग्मीले बताए।