आधारभूत स्वास्थ्य सेवा केन्द्र साडु उत्कृष्ट

नारायण नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुको आर्थिक वर्ष ८०/८१ को स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा मूल्याङ्कनबाट नारायण नगरपालिका वडा नम्बर ९ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र साडु उत्कृष्ट घोषित भएको छ। सेवा केन्द्रलाई सम्मानपत्रले सम्मान गर्नुको साथै घडी समेत उपहार दिएको थियो। वर्षैभरिको स्वास्थ्य गतिविधि, संस्थाको रिपोर्टिङ लगायतको विषयवस्तु हेरेर उत्कृष्ट घोषणा गरेको स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले बताए। सम्पूर्ण वडावासीको सहयोग कर्मचारी साथीहरूको टिमवर्क, र हामी जनप्रतिनिधिको निगरानीले पनि होला। हाम्रो ९ नम्बरको स्वास्थ्य चौकी उत्कृष्ट भएकोमा खुसी लाग्यो। ९ वडा अध्यक्ष महेन्द्र बिक्रम बताए। नगर भित्र १४ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र रहेका छन् सो स्वास्थ्य सेवा केन्द्रको प्रमुख लक्ष्मी न्यौपाने छिन्।