क्रान्तिकारी पार्टीको संयोजकमा सुनार चयन

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको संयोजकमा ललित सुनार चयन भएका छन्। आज दैलेख सदरमुकाममा बसेको एकता अधिवेशन बाट ललित सुनार चयन भएका हुन्। नेकपा बहुमत, नेकपा माओवादी क्रान्तिकारी लगायतका अन्य दलहरु एकतामा गए पछि पार्टी एकतामा अधिवेशन चलेको हो। अधिवेशनबाट २९ सदस्य कमिटी चयन गरेको हो।कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सह ईन्चार्ज हिमाल सुनारले देशमा रहेको भ्रष्टाचार बेथिति विरुद्ध देशव्यापी आन्दोलन गर्ने र अहिले पार्टीको संगठनलाई मजदुर गराउने जिम्मेवारी आई परेकोले नेपालका देशभक्त र विचार मिल्ने शक्तिसँग एकताको अभियान चलाएको हिमालले बताए। अब जिल्ला भइरहेको बेथिती विरुद्धको अभियान सशक्त रूप बाट सञ्चालन गर्ने नव निर्वाचित संयोजक सुनारले बताए। अब केही समयमै पाटी अधिवेशन पनि हुने उने भने।