कर्णाली प्रदेश सरकारका माननीय तथा पूर्व पर्यटन वन
मन्त्री कृष्ण कुमार बिसीले अनुगमनलाई तीव्रता दिएका छन्। जिल्लामा निर्माण हुन लागेका पुल, भवन,सडक लगायत कुरालाई अनुगमनलाई जोड दिएका हुन्। दैलेखको भैरवी गाउँपालिका र माहाबु गाउँपालिका जोड्ने दारेघाट पुल,र नारायण नगरपालिका र महाबु गाउँपालिका जोड्ने ताराघाट पुलको अनुगमन गरेका छन्। निर्माणको चरणमा रहेको जिल्ला अस्पतालको भवनको पनि अनुगमन गरिएको हो। यस्तै वन डिभिजन कार्यालयको नयाँ भवन को समेत उद्घाटन गर्दै जनताको काममा हित चित्तका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिएका थिए। विसीले काम अलपत्र छोड्ने ठेकेदार कम्पनी र सम्बन्धित कार्यालयका गुनासाहरूलाई सदनमा कुरा समेत उठाउने प्रतिबद्धता गरेका समेत गरेका छन्।
अनलाइन नागरिक २६ माघ २०८१, शनिबार १७:२२