वीरेन्द्रनगर, हावाहुरीले उडाएको विद्यालयको छत फेरि पुर्ननिर्माण हुँदा शिक्षक, विद्यार्थी अभिभावक हर्षित भएका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –१६ लेहडास्थित सरस्वती प्राथमिक विद्यालयको छत (टिन) उडाउदा विद्यार्थीहरु खुल्ला चौरमा बसेर पढ्न बाध्य भएको विद्यार्थीहरु भवन एनएमवी बैंकले पुर्ननिर्माण गरेपछि हर्षित भएका हुन् ।
हावाहुरीले पाता उडाएको लामो समयसम्म पनि पुर्ननिर्माणमा सरोकारवालाहरुले चासो नदिएका कारण एनएमवी बैंकले पुर्ननिर्माण गरेको थियो । जसका कारण विद्यार्थीहरु चौरमा बसेर बढ्नुपर्ने बाध्यता रहेको थियो । एनएमवी बैंकले ५ लाख बढी रकम खर्चेर फेरी बलियो छतसहित पुर्ननिर्माण गरेको हो ।
एक कार्यक्रम गरेर बैंकले ४ वटा कोठाको पुर्ननिर्माण भवन विद्यालयलाई हस्तान्तरण गरेको हो । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बैंकले नागरिक दैनिकमा समाचार प्रकाशनपछि विद्यालय भवन पुर्ननिर्माण गरि हस्तान्तरण गरिएको एनएमवी बैंक कर्णाली प्रदेशका एरिया ईन्चाज मित्रराज प्याकुरेलले बताए ।
जेष्ठ ६ गते साँझ आएको हावाहुरीका कारण विद्यालयको छत (टिन) उडाएको थियो । जसका कारण विद्यार्थीहरु खुल्ला चौरमा बसेर पढ्न बाध्य भएका थिए । बैंकले वित्तिय कारोवार मात्र गर्ने थाहा भएपनि सामाजिक कार्यमा सहयोग गर्ने कुराले आफुहरु हर्षित भएको विद्यालयका प्रधानाध्यापक खड्कबहादुर खड्काले बताए ।
‘सामाजिक कार्यमा एनएमवी बैंकको सहकार्यले शिक्षक, विद्यार्थी र अभिभावकमा खुसी छौं ।’ प्रधानाध्यापक खड्काले भने, वीरेन्द्रनगरकै विकट वडा भएकाले विद्यालयमा सेवासुविधा छैन् । यस्तो अवस्थामा बैंकले गरेको सहयोग अतुलनिय छ ।’
भवन पुर्ननिर्माणपछि चौरमा बसेर पढ्नुपर्ने बाध्यता हट्यको विद्यार्थी केशव खड्काले बताए । हावाहुरीले भत्काएको बान्नोसहित परिपरि विममा नट हाल्ने र क्रसिङ नटले बरिपरि पुरै कस्ने, दुई सरियाले परिवरी ताईपिङ हालेर ४ फिटको बान्नो, उठाई त्यसमाथि सुली उठाएमा टिन माथि बलियो गरि च्यापेर बलियो गरि पुर्न निर्माण भएको विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष यामबहादुर खत्रीले बताए ।
अनलाइन नागरिक १९ असार २०७९, आईतवार १०:०१