वीरेन्द्रनगरमा नगरबस सञ्चालन गर्ने खड्काको प्रतिवद्धता

वीरेन्द्रनगर, २३ बैशाख । वीरेन्द्रनगर उपत्यकाभित्र नगरबस सञ्चालन गर्ने मेयर पदका उम्मेदवार उपेन्द्र खड्काले प्रतिवद्धता जनाएका छन् । नगरबसमा ज्यष्ेठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सेवा प्रदान गर्नुका साथै विद्यार्थीलाई परीचयपत्रका आधारमा छुट दिने व्यवस्था गर्ने वाचा गरेका हुन् ।

नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार बनेका खड्काले यात्रुको सुरक्षाका लागि सार्वजनिक यातायातमा अनिवार्य सिसी टिभी क्यामरा जडान गर्ने बताएका छन् ।

उनले आफु निर्वाचित भएमा नगरपालिकामा अटो भिलेजको निर्माण तथा सञ्चालन गर्ने, दीगो सहरी यातायात नीति कार्यान्वयन गर्ने, दीगो सहरी व्यवस्थापनको लागि सडकहरुलाई अपाङ्गमैत्री र वातावरणमैत्री बनाउने, उपत्यकाभित्रका सडकहरुमा साइकल लेनको व्यवस्था वाचापत्रमा लेखेको छन् ।

उनले नगरको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षणका लागि उत्तरी जलाधारको संरक्षणमा विशेष ध्यान दिइ खाली जमिनमा उच्च मूल्यका बृक्षारोपाण गर्ने र गुराँस संरक्षण नीति ल्याएर कार्यान्वयन गरिने बताएका छन् ।

‘मेरो घर, हरित सहर’ अन्र्तगत सहरी सौन्दर्यलाई ध्यानमा राखेर आवश्यक नीति तथा कार्यक्रम ल्याउने, ‘एक घर ः दुई विरुवा’ कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने नीति कार्यान्वयन गरिने वाचा गरेका छन् ।

मेयर पदका उम्मेदवार खड्काले बाढी, पहिरो, डुवान, बन डढेंलो जस्ता विपत्तिहरुका बारेमा आम नागरिकहरुलाई तत्काल सुचना प्रर्णालीको व्यवस्था मिलाउने, प्रत्येक टोलमा ‘एक–एक जना विपद् सुचना दूत’ घोषणा गर्ने, नदीजन्य पदार्थको उत्खनन् गर्दा वातावरणमा पर्ने प्रभावलाई ध्यान दिने, विद्यालय, अस्पताल, सरकारी कार्यालयलगायतका सार्वजनिक स्थलमा हरियाली क्षेत्र तोकेर हरियाली प्रवद्र्धन गर्नुका साथै वीरेन्द्रनगरमा रहेका विभिन्न खोलाहरुको संरक्षण एवम् हरियाली प्रवद्र्धन गरिने योजना रहेका छन् ।

यसैगरि नगरपालिकाको फोहरमैला व्यवस्थापनका लागि ‘स्वच्छ नगरपालिका, स्वस्थ नागरिक ः स्थानीय रोजगारीका लागि फोहरलाई मोहर कार्यक्रम’ सुरु गरिने छ । सामुदायिक पशुपालन तथा पर्यावरणीय आयआर्जनका लागि गौशाला व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने छ । छाडा चौपायाहरुको सामुदायिक तथा सहकारी मोडलमा व्यवस्थापन गरिने छ ।