अब जिल्ला प्रशासन कार्यालय दैलेखमा स्वास्थ्य उपचार हुने भएको छ। हरेक दिन दिउँसो १२ बजेदेखि २ बजेसम्म सेवाग्राही मा स्वास्थ्य परीक्षण कक्ष सञ्चालनमा ल्याइएको हो। सामान्य तया टाउको दुखेको, पेट दुखेको, ब्लड प्रेसर लगाएको रोगको चेकजाँच गरिने भएको छ। प्रशासनमा सेवा लिन आउने सेवाग्राहीलाई स्वस्थ स्वास्थ्य सम्बन्धी जागृति फैलाउने प्रमुख उद्देश्य सँगै सो समयमा कार्यालयकै कामकै सिलसिलामा रहेको बेला सेवाग्राहीलाई आराम मिलोस् र स्वास्थ्य सम्बन्धी थप जनचेतना पनि मिलोस् भने आफ्नो लक्ष्य रहेको प्रमुख जिल्ला अधिकारी खेमराज भुसालले बताउनुभयो। सो रोगको उपचारमा निःशुल्क औषधि वितरण गरिने र एकजना स्वास्थ्यकर्मी समेत दैनिक खटाइने स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डाक्टर धर्मराज रेग्मीले बताए। हरेक दिन १ बजे सेवाग्राहीसँग प्रमुख जिल्ला अधिकारी कार्यक्रम सञ्चालक समेत भइरहेको छ। सो कार्यक्रमले प्रशासनप्रति थप जनविश्वास बढ्दै गएको देखिन्छ।
अनलाइन नागरिक १८ बैशाख २०८१, मंगलवार १७:३०