प्रहरी प्रतिको गुनासो सुझाव सङ्कलन गर्दै: श्रेष्ठ

कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआइजी माधवप्रसाद श्रेष्ठले प्रहरी प्रतिको गुनासो सुझाव ग्रहण गर्न जिल्ला भ्रमणमा निस्किनुभएको छ। भर्खरै मात्रै कर्णाली प्रदेश प्रहरीको जिम्मेवारी सम्हालेका श्रेष्ठले कर्णाली प्रदेशका मुगु कालिकोट दैलेख लगायतका जिल्लाहरूको स्थलगत भ्रमण गरी प्रहरीप्रतिको सुझाव र गुनासाहरू सुनेका छन्। आज मात्रै दैलेख आइपुगेका श्रेष्ठले दैलेखका पत्रकार ,व्यापारी, समाजसेवी, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख प्रतिनिधिसँग अन्तरक्रिया गरेका छन्। अन्तरक्रिया कार्यक्रममा बोल्दै डिआइजी श्रेष्ठले कर्णालीमा प्राकृतिक प्रकोप, दुर्घटना, लागू औसत लगायतका मूलभूत तीनटा मुख्य समस्या रहेका बताएका हुन्। यस कुराको अन्त्यका लागि आफूले ठोस कदम चाल्ने श्रेष्ठले बताए। श्रेष्ठले भने प्रहरी छुट्टै केही होइन तपाईं हामी सबै मिलेर समाजका विद्यमान समस्याहरू समाधान गर्न लाग्नुपर्छ र प्रहरीको भौतिक संरचनाका निर्माणको लागि जिल्ला स्थित राजनीतिक दल, नागरिक समाज बुद्धिजीवी पत्रकारहरूले अगुवा गर्नु पर्ने बताए। श्रेष्ठ दैलेख प्रहरी प्रमुख भई बस्दा जिल्लावासीको मन जितेको यसै गरी अगाडि बढ्नु हुन अन्तरक्रिया कार्यक्रममा उपस्थित अधिकांश सुझावकर्ताहरूले शुभकामना दिएका थिए। श्रेष्ठको सम्मानमा दैलेखमा अधिकांश उपस्थित मानिसले फूल माला खाँदाले सम्मान गरेका थिए। श्रेष्ठ प्रहरी भित्रका प्रष्ट वक्ता मिलनसार, सफल प्रहरी अफिसर मानिन्छन्।