नेपाल लोकतान्त्रिक खेलकुद संघ दैलेखको प्रथम जिल्ला अधिबेसन सम्पन्न भएको छ। हरि डाँगी नेतृत्वमा २५ सदस्य जिल्ला कार्यसमित सर्बसम्मत निर्बाचित भएका हुन्। अधिवेशनमा जिल्ला भरिकै पूर्व खेलाडी, शुभचिन्तक र खेलाडीहरूको बाक्लो उपस्थितका बीच अधिवेशन भव्यरूपमा सम्पन्न भएको हो। प्रदेश अध्यक्ष हरि बिष्टको अध्यक्षतामा चलेको प्रथम अधिवेशनमा नेपाली कांग्रेस दैलेखका पार्टी सभापति मणिराम रेग्मी प्रमुख अथिति रहेका थिए। भने कर्णाली प्रदेश सभा सदस्य एवं सामाजिक विकास समिति सभापति पूर्ण बहादुर खत्री विशेष अतिथि रहेका थिए।नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमिति सदस्य निर्मला खड्का, नारायण नगरपालिकाको पार्टी सभापति मनोज थापा, नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य मंगल श्रेष्ठ, लगायतको आतित्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै प्रदेश कमिटी अध्यक्ष, हरि विष्टले यस संस्थालाई देशव्यापी रुपमा संगठन विस्तार गर्दै खेलाडीको हकहित र सम्मानका लागि पार्टीले भातृ संगठनको मान्यता दिई खेलाडीको हकहितमा लाग्नको लागि हाम्रो पार्टी लागि परिरहेको विचार व्यक्त गरेका थिए। विशेष अतिथि पूर्णबहादुर खर्तीले आफू खेलाडीको हकहितका लागि थुप्रै प्रयास गरिरहेको बताए। भने कार्यक्रमका प्रमुख अतिथि एवं पार्टी सभापति रेग्मीले यसरी नै पार्टीमा गुट उपगुट नभनिकन हामीले सम्पूर्ण भातृ संगठनहरुलाई सर्वसम्मतको बाटो देखाई पार्टीलाई बलियो बनाउन लागि परेको बताए। नवनिर्वाचित अध्यक्ष हरि डाँगी भलिबल खेल पूर्व खेलाडी हुन्। डाँगी डुङ्गेश्वर गाउँपालिका वडा नं २ चुप्रा निवासी हुन्।
अनलाइन नागरिक २३ चैत्र २०८१, शनिबार २१:३१