प्रहरी दिवसको अवसरमा सरसफाई कार्यक्रम

दैलेख – प्रहरी दिवशको अवसरमा जिल्ला प्रहरी कार्यालय दैलेखले जिल्ला सदरमुकामका ऐतिहासिक धार्मिक तथा पर्यटकियस्थल पञ्चदेवलको पौराणिक ढुङ्गेधारा सरसफाई गरेको छ। ६९ औं प्रहरी दिवश अवसरमा कार्यालय प्रमुख डीएसपी सुनिल दाहालको नेतृत्वमा ३० जनाको प्रहरी कर्मचारी तथा स्थानिय सर्वसाधारणहरु सहभागितामा सरसफाई कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लालबहादुर सुनारले बताए ।प्रहरीको आत्मबल बढाउनका लागि यही अवसरमा प्रहरी र स्थानीय बीच विभिन्न खेलकुद प्रतियोगिता गर्न लागिएको डीएसपी दाहालले जानकारी दिए ।