गाउँपालिका अध्यक्ष लड्दिन, सांसद लड्छु: सन्तोष केसि  

सरकारले आगामी बैशाख ३० गते स्थानिय तह निर्वाचनको मिति घोषणा गरेसंगै अध्यक्ष केसिले एउटै पदमा दुईपटक चुनाब लड्दा उपयुक्त नहुने भन्दै अध्यक्ष पदमा चुनाव नलड्ने घोषणा गरेका हुन। एक कार्यकाल पालिका अध्यक्ष भएर जनता सङ जोडिए” अहिले र पछि पनि जनता संगै छु’ र रहनेछु, तर पालिका अध्यक्ष लड्दिन उनने भने”। पार्टीले गाउँपालिका अध्यक्षमा लड्न प्रेरित गरेपनि नलड्ने उनको भनाई छ। छत्रेश्वरिमा आफुभन्दा सक्षम नेतृत्व आउने केसिको बिश्वास रहेको छ।

केसिले अब प्रदेश सभा सदस्यमा उम्मेद्बारी दिने घोषणा गरेका छ्न। प्रदेश सांसदमा आफ्नो आकाङ्क्षा रहेको र त्यसैले प्रदेश सांसदको तयारिमा आफु रहेको उनले बताए। प्रदेश सभा ( ख ) सल्यानबाट सांसदमा उम्मेद्वारिको निम्ति आन्तरिक तयारी सुरु गरेको केसिले तीखो खबरलाई बताए।

गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएदेखी छत्रेश्वरि मात्र नभई समग्र जिल्लाको बिकास निर्माणको कुरा आफुले उठाइरहेको उनले बताए। बिकास र जनताका न्युनतम आबस्यकता पुरागर्न कार्यकाल अबधिभर आफू लाग्ने उनको भनाई छ। केन्द्रिय नेतृत्वमा सल्यानको पहुच कम भएको बताउदै केसिले सल्यान जिल्लाको बिकासका निम्ति सधै आफु लागिरहने बताए।

नेपाली कांग्रेस सल्यानका उपसभापति समेत रहेका केसिले अहिले पार्टिका नेता, कार्यकर्ता, समर्थक, साथिभाइ हरुसंग थप परामर्शमा आफू लागेको बताएका छ्न। नेपाली कांग्रेसले सल्यानमा सांसद नजितेको बर्षौ भएको भन्दै केसिले पार्टिले टिकट दिएमा निर्वाचनमा होमिने बताए। टिकट पाउनेमा आफू ढुक्क रहेको उनको भनाई छ।

पार्टीका साथिहरु र हरेक उमेर समुहका साथिहरुको आग्रहमा आफुले उक्त निर्णय लिएको केसिको भनाई छ। यदि पार्टिले टिकट नदिएपनि राजनिती र समाजसेवामै रहने उनले बताए। अन्तिम निर्णय पार्टिको हुन्छ त्यसैले आफुले पार्टिको निर्णय मान्ने र सबैको साथ पाउने बताए। समाजसेवा र राजनितिकै निम्ति होमिएकोले’  सधै यहि क्षेत्रमा रहिरहने उनको भनाई छ।

केसिको उम्मेद्बारी घोषणाले जिल्ला भर चर्चा चलेको छ’ भने कांग्रेस बृतमा खुसियाली छाएको छ। कांग्रेसले केसिलाई नै टिकट दिनुपर्ने माग सर्वसाधारणले समेत गरेका छन। केसि र नेकपा एकीकृत समाजबादिका केन्द्रिय उपमहासचिव प्रकाश ज्वालाको निर्वाचन क्षेत्र एउटै हो। गत प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका डिल्लीराज रेग्मीलाई पराजित गर्दै ज्वाला विजयी भएका थिए। केसिको उम्मेद्बारी घोषणाले अन्य राजनैतिक दलमा समेत बहस सुरु भएको छ। केसि उमेरले ३५ बर्षका भए ।