निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

६३ औं नेपाल नर्सिङ दिवसको अवसरमा दैलेख सदरमुकाममा एक औपचारिक कार्यक्रम सम्पन्न भएको छ। नारायण नगरपालिका विद्यार्थी नर्सको आयोजना र लायन्स क्लब अफ दैलेखको सहकार्यमा निःशुल्क मधुमेह, रक्तचापको स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको हो। यस्ता कार्यक्रमले सामाजिक सद्भाव सँगै समुदायमा स्वास्थ्य कार्यक्रमलाई टेवा पुग्ने नारायण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लाल बहादुर खड्काले बताए। भने लायन्स क्लब अफ दैलेका अध्यक्ष राजेश कुमार हमालले स्वास्थ्य क्षेत्रमा नर्स राज्यको चपेटामा परेका छन् उनीहरूको सशक्तिकरणका लागि सम्पूर्ण निकायहरू जागरुक हुने बेला आएको बताएका हुन्। करिब सय जना भन्दा बढी मानिसहरूले स्वास्थ्य लाभ लगेका थिए।