पेशागत महासंघमा: श्रेष्ठ

पेशागत महासंघ जिल्ला समिति दैलेखको आज चौथो जिल्ला अधिवेशन दैलेख बजारमा सम्पन्न भएकाे छ । अधिवेशनबाट नारायण नगरपालिका नासु गाेपाल कुमार श्रेष्ठकाे अध्यक्षतामा १५ सदस्य जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको हो।अधिवेशनकाे उद्घघाटन समाराेहका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य,कर्णाली प्रदेश अध्यक्ष एव प्रतिनिधिसभा सदस्य माननीय अमर वहादुर थापाले कर्मचारी काे पेशागत हकहित संरक्षण का लागि अाफू सधै लागि पर्ने वताउनु भएकाे थियोे। साे समाराेहका नेकपा एकीकृत समाजवादी महासंघ प्रदेश सचिव खम वहादुर थापाले शुभकामना मन्तव्य दिनुभएकाे थियाे ।  त्यस्तै एकीकृत सरकारी कर्मचारी सगठनका केन्द्रीय सदस्य तिर्थ जिसीले शुभकामना मन्तव्य राख्दै राजनीति भन्दा माथि उठेर कर्मचारीको हकहितको लागि एकढिक्का भएर लाग्नुपर्ने बेला आएको आएको भनाई राख्नुभएको थियो ।पेशागत कर्मचारी हरूकाे हकहितका लागि २०५२ सालमा स्थापना भएकाे पेशागत महासघमा विभिन्न २७ वटा पेशागत घटकहरू अावद्द रहेका छन । अधिवेशनवाट २०७९ फाल्गुण २० गते सुर्खेत हुने प्रदेश अधिवेशन का लागि ५ जना र केन्द्रीय अधिवेशन का २ जना प्रतिनिधि छनाैट गरेकाे छ । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफूलाई विश्वास गरेकोमा कर्मचारी साथीहरुलाई धन्यवाद समेत दिएका छन्।