राष्ट्रिय सभा सदस्यहरूको शपथ शनिबार हुने

राष्ट्रियसभा सदस्यहरूको शपथ यही आउँदाे फागुन २१ गते हुने भएको छ ।

संघीय संसद‍् सचिवालयका अनुसार राष्ट्रियसभाका १९ सदस्यको सपथ शनिबार विहान ११ बजे तय गरिएकाे छ । शपथ कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा राखिएको छ ।

१२ माघमा भएको राष्ट्रियसभाकाे निर्वाचनबाट १९ सदस्य निर्वाचित भएका थिए