एक वर्षभित्रै सबै तहको निर्वाचन हुन्छ : प्रधानमन्त्री देउवा

 

एक वर्षभित्रै सबै तहको निर्वाचन हुन्छ : प्रधानमन्त्री देउवा

 

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान बमोजिम एक वर्षभित्रै सबै तहको निर्वाचन गर्नुपर्ने दायित्त्वमा सरकार सचेत रहेको बताएका छन् ।

गठबन्धन सरकारले छ महिना पूरा गरेको अवसरमा आज राष्ट्रको नाममा सम्बोधन गर्दै उनले निर्वाचनको संवैधानिक दायित्वबाट सरकार पछाडि नहट्ने बताएका हुन् ।

 

एक वर्षभित्र निर्वाचन गर्नुपर्ने सरकारको दायित्व रहेको भन्दै पूर्वतयारीमा लाग्न उनले सरोकारवालालाई अनुरोध समेत गरेका छन । प्रधानमन्त्री देउवाले अबको एक वर्षभित्र तीनै तहको निवार्चन सम्पन्न हुने बताए ।

 

प्रतिपक्षी दलले सरकार निर्वाचन नगर्ने षडयन्त्र गरिरहेको आरोप लगाइरहेको समयमा उनले संविधान बमोजिम नै निर्वाचन हुने प्रतिवद्धता व्यक्त गरेका हुन्।

उनले संसदमा रहेका सबै राजनीतिक दलहरुबीच संवाद र सहमति जुटाउन सरकार प्रतिवद्ध रहेको बताए । संसदमा विचाराधीन सबै विषयमा संसदमा रहेका सबै दलहरुसँगको संवादका आधारमा निष्कर्षमा पुग्नुपर्नेमा उनको जोड थियो ।

विस्तृत शान्ति सम्झौताको बाँकी कार्यभार पुरा गर्ने तर्फ सरकार अग्रसर रहेको पनि प्रधानमन्त्री देउवाले बताए । उनले कोभिड १९ को संक्रमण र तेस्रो लहर नियन्त्रणका लागि तीनै तहका सरकारबीच समन्वय बढाइएको पनि दाबी गरे । सकेसम्म जनजीवनमा कम असर गर्ने गरी व्यवस्था मिलाइने उनको भनाइ थियो ।

 

प्रधानमन्त्री देउवाले सुरक्षाका मापदण्डको पूर्ण पालना गर्दे कोभिडविरुद्ध लड्नु पर्ने पनि बताए । कोभिड नियन्त्रणलाई रोकथाम गर्न खोपनै जरुरी रहेको बताउँदै खोप अभियान जारी रहेको बताउँदै उनले उपचार व्यवस्थालाई चुस्तदुरुस्त बनाएको उल्लेख गरे । ६५ प्रतिशत नागरिकलाई कोरोना भाइरसबिरुद्धको पूर्ण खोप लगाइएको र चैत्रभित्र सबै नागरिकलाई खोप उपलब्ध गराउने उनले दोहोर्‍याए । उनले पाँच बर्षमाथिका बालबालिकालाई पनि छिट्टै खोप उपलब्ध गराउने बताए ।

 

कोभिड रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारबीच समन्वय बनाइएको भन्दै उनले अर्थतन्त्र र सामाजिक कृयाकलामा सकेसम्म काम असर पर्नेगरी व्यवस्था मिलाइने जानकारीसमेत प्रधानमन्त्री देउवाले दिए । प्रधनमन्त्री शेरबहादुर देउवाले किसालनलाई मल, बिउ र विद्यालय तहका विद्यार्थीलाई निशुल्क पुस्तक वितणको व्यवस्था मिलाएको बताएका छन् ।

 

प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि आर्थिक क्रियाकलापमा तीव्र विस्तार भएको दाबी गरे । आफ्नो नेतृत्वमा सरकार बनेपछि आर्थिक र सामाजिक क्रियाकलापमा सुधार भएको उनले उल्लेख गरे ।