ट्राफिक प्रहरी जस्तै ट्राफिक डमी दैलेखमा पनि

ट्राफिक प्रहरी जस्तै ट्राफिक डमी राखेपछि ट्राफिक सचेतनामा टेवा पुगेको ट्राफिक कार्यालय दैलेखले जनाएको छ। सो ठाउँमा तीव्र गतिमा कमी ,सवारी साधन सञ्चालकमा अनुशासन र पैदल यात्रीहरूले समेत ट्राफिक प्रहरी जस्तै मान्दै केहीबेर हेर्ने रोकिने समेत गरेको पाइएको हो। जम्मा कर्णाली प्रदेशमा २९ वटा डमी उपलब्ध भएकोमा दैलेख जिल्लालाई चारवटा भाग परेको थियो। जस अन्तर्गत तल्लो डुङ्गेश्वर, रानीमत्ता, ट्राफिक कार्यालय, पाल्तडामा राखिएमा छ। यात्रु सुरक्षा अभियान २०८० अन्तर्गत रहेर चालक सहचालक र यात्रुहरूको दुर्घटना न्यूनीकरण सम्बन्धी एक मिनेट कार्यक्रम पनि प्रभावकारी ढंगले लगिएको दैलेख ट्राफिक प्रमुख मोहन पन्तले बताए ।उनले भने कुनै पनि सवारी साधनमा यात्रुलाई अनावश्यक तनाव दिएमा, दुर्घटना भएकोमा या बढी भाडा यात्रुबाट लगेको खण्डमा सिधै यात्रुले प्रदेश ट्राफिक नम्बर १०३ या १०० यात्रुले दिएको सुझाव र गुनासो लाई आफुले कार्यान्वयन गर्ने गरेको पन्तको भनाइ छ। अहिले दैलेख ट्राफिक कार्यालयले विद्यालयमा सचेतना कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी सचेतनामा कार्यक्रम सञ्चालन गराउँदै आएको छ। भने दैलेखमा कर्णाली राजमार्ग, दैलेख सुर्खेत सडकखण्ड, मध्यपहाडी राजमार्ग लगायतका महत्वपूर्ण सडकहरू पर्दछन्। जिल्लामा ट्राफिक प्रहरीको संख्या अझै अपुग रहेको छ।