राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ६०औँ बैंक स्थापना दिवसको अवसरमा देशैभरका ३० जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी घोषणा गरेको छ। २९४ शाखाबाट १४४३ कर्मचारी मध्ये ३० जना उत्कृष्ट घोषित भएका हुन्। दैलेख सदरमुकामको शाखामा कार्यरत सहायक प्रबन्धक मिना शर्मा पनि उत्कृष्ट कर्मचारी घोषित भएकी छिन्। शर्माको निकै सरल स्वभावले बैंक ग्राहकसँग प्रस्तुत हुने गर्छिन्। सेवाग्राहीको काममा हित्तचित्त लगाएर काम गर्ने उनको कर्मनिष्ठ बानीलाई आम जिल्लावासीले मन पराएको सेवाग्राही कृष्णा कुमारी बिकले बताइन्। वाणिज्य बैंक दैलेख सँग आबद्ध भएका कारोबारीले समेत बैंकले मिना शर्मालाई पुरस्कृत गरेर असल निर्णय गरेकोमा बैंकप्रति सरोकारवालाले धन्यवाद दिएका छन्। शर्मा आम सेवाग्राही माझ लोकप्रिय छिन्। उनी पर्वत जिल्ला निवासी हुन्। आज दैलेख शाखाले पनि जिल्लामा भव्य औपचारिक कार्यक्रम गरेको थियो।
अनलाइन नागरिक १० माघ २०८१, बिहीबार १८:३४