यो बर्षको मनसुन सुरु हुनै लाग्दा विपद व्यवस्थापनको पूर्वतयारीमा जिल्ला प्रशासन कार्यालय दैलेख तयारीमा जुटेको छ। जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको अध्यक्षतामा दैलेखका स्थानीय सरकारका प्रमुखहरु, सुरक्षा अधिकारीहरु, सरोकारवाला सरकारी कार्यालय र नागरिक समाज संस्थाहरुको व्यापक सहभागितामा कुन निकाय कसरी खटिने र कसरी पूर्व तयारी गर्ने, घटना घटे उद्धारमा कसरी खटिने, घटना घट्नै नदिन के गर्ने, भने विषयहरुमा महत्वपूर्ण निर्णयहरु गरिएको छ। मनसुनी यो वर्ष अलि चाँडै आउने मौसम विद हरुले बजाउँदै आइरहेका छन। वर्षाको समयमा आउन सक्ने बाढी, पहिरोको जोखिम न्यूनीकरण र रोकथामका लागि साधन, श्रोत र जनशक्ति तयारी अवस्थामा राख्नका लागि बैठक आह्वान गरिएको प्रमुख जिल्ला अधिकारी बर्दिनाथ गैरेले बताए। मनसुनी वर्षा अघि अहिले गर्मीको समयमा वन डढेलो, आगलागी जस्ता विपदमा उद्धार तत्परता, सुरक्षा तयारी र समुदायमा सजगता बढाउन मिडियाको सक्दो धेरै प्रयोग गर्ने विषयमा स्थानीय सरकार, सरकारी कार्यालय र नागरिक समाज संस्थाहरुले सहकार्य गर्ने बताएका छन्।
अनलाइन नागरिक १ जेष्ठ २०८२, बिहीबार २०:३८