अमरको स्मृतिमा भलिबल प्रतियोगिता

स्वर्गीय भलिबल खेलाडी अमरको स्मृतिमा खुल्ला भलिबल प्रतियोगिता भलिबल खेल प्रतियोगिता गरिएको छ। राइली त्रिपानी युवा क्लबको नारायण नगरपालिका ११ को आयोजनामा खेल भएको हो। साविकको बिन्दबासिनी गाविसका सबै वडाका खेलाडीहरूको सहभागितामा सँगै छ वटा टिम भाग लागेका थिए। प्रथम काडा ,(ख)द्वितीय टाटामाखु (क )दृतिय टाटा माखु (क)तृतीय काडा (क )रहेका थिए ।उत्कृष्ट खेलाडीमा रोशन शाही , अनुसासन तर्फ जिबन बिष्ट पुरस्कृत भएका थिए। पुष्कर राशि भने प्रथमलाई १५ हजार,दृतिय एघार हजार, तृतीय सात हजार रहेको आयोजक पक्षले जानकारी दिएको छ। स्वर्गीय भलिबल खेलाडी अमर सुनारको सम्झनामा स्मारिका निर्माण गर्ने कुरामा औपचारिक कार्यक्रमका अतिथिहरूले जोड दिएका थिए। कार्यक्रममा स्वर्गीय खेलाडी अम्बरका पिता धर्मबहादुर सुनारलाई सम्मान समेत गरिएको पत्रकार कृष्ण दैलेखीले बताए। स्वर्गीय भलिबल खेलाडी अमर सुनार जिल्लाका चर्चित भलिबल खेलाडी थिए।