काठमाडौं । सिनेमा हलमा चलचित्र ‘सूर्यवंशी’ले धमाकेदार व्यापार गरेपछि ओटीटी प्लेटफर्ममा पनि बलिउड अभिनेता अक्षय कुमार खेलाडी साबित भएका छन् ।
डिसेम्बर ४ मा ओटीटीमा प्रसारण हुने ‘सूर्यवंशी’लाई नेटफ्लिक्सले एक सय करोड भारुमा खरिद गरेकोमा अक्षय कुमारको नयाँ ‘अतरंगी रे’लाई अर्को ओटीटी प्लेटफर्म डिज्ने प्लस हटस्टारले अझै महँगो रकमा खरिद गरेको छ ।
डिसेम्बर २४ मा रिलिज हुने यो चलचित्रलाई डिज्ने प्लसले २ सय करोड भारुमा खरिद गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । योसँगै ‘अतरंगी रे’ ओटीटी प्लेटफर्ममा सर्वाधिक महँगो रकममा बिक्री हुने बलिउड चलचित्र बनेको छ ।
योे चलचित्रमा अक्षय कुमारका साथमा सारा अली खान र धनुषको मुख्य भूमिका रहेको छ । यस चलचित्रको लागत १२० करोड रहेको बताइएको छ ।
अनलाइन नागरिक १० मंसिर २०७८, शुक्रबार ११:३५