पुर्वाधार विकास कार्यालय दैलेखको आर्थिक सहयोगमा ग्रामीण विकास सेवा केन्द्र दैलेखद्धारा संचालन भएको फाल्गुण ४ गते देखि ११ गते सम्मको झोलुंगे पुल निर्माण सम्बन्धी तालिममा जिल्लामा रहेका आठ वटा झोलुंगे पुलहरुका तर्फबाट उपभोक्ता समितिका दई जना र योजनाबाट प्रत्यक्ष लाभान्वित घरधुरीबाट दुई जना दक्ष मिस्त्रीहरुको तालिम सम्पन्न भएको छ ।
कर्णाली प्रदेश सरकारको वजेटमा निर्माण हुन लागेको यी आठवटा झोलुंगे पुलहरुको उपभोक्ता समिति संग सम्झौता भई कार्यान्वयको लागि अगाडि वढेको ग्रामीण विकास सेवा केन्द्र दैलेखका कार्यक्रम संयोजक नविनकुमार शर्माले जानकारी दिनुभएको छ । जिल्लामा यस आर्थिक वर्षमा आठ वटा झोलुंगे पुलका लागि दुई करोड तीस लाख रुपँया वजेट विनियोजन भएकोमा डिटेल सर्भे इष्टीमेट तयार भए पछि नपुग रकम कर्णाली प्रदेश सरकारले बजेट सुनिञ्चित गरीसकेको र तोकिएको समयमा योजना सम्पन्न हुने र स्थानीय स्तरममै निस्त्रीहरूको सङ्ख्या बढ्ने पुर्वाधार विकास कार्यालयका कार्यालय प्रमुख पदमप्रसाद देवकोटाले जानकारी दिनुभयो ।२०८२ असार १५ सम्म योजनाहरु सम्पन्न गर्ने लक्ष्य राखेर कार्यलाई तिव्रताका साथ गुणस्तरमा कुनै कमी नगराई काम सकाउने देवकोटाले बताउनुभोकर्णाली प्रदेशका दश जिल्ला मध्ये यस वर्षका लागि झोलुंगे पुल कार्यक्रमको दैलेख जिल्लामा सवै भन्दा अगाडि वढेको र तोकिएको समयभित्र सम्पन्न गर्न आफ्ना कर्मचारीहरुलाई सम्वन्धित योजनास्थलमा वसेर काम गर्न खटाइएको ग्रामीण विकास सेवा केन्द्रकि अध्यक्ष्य मिरा स्वर्णकारले वताउनु भयो ।दैलेख जिल्लामा हालसम्म झण्डै दुई सयको संख्यामा झोलुंगे पुल निर्माण गरिएका र अझै धेरै स्थानमा झोलुंगे पुलहरु बनाउन स्थानीय समुदायबाट माग भई आउने गरेको छ । यो समय भनेकै योजनाहरूको काम बढी मात्रामा गरिने समय हो।
अनलाइन नागरिक ११ फाल्गुन २०८१, आईतवार १९:३१