केही समय अघि हेटौंडा पोखराको मणिपाल,चितवन,काठमाडौंको जोरपाटी र सिनामंगलका ठूला अस्पताल र मेडिकल कलेजका डाक्टर हरुमा माथि समय–समयमा भौतिक हमला हुँदै आय पछी चिकित्सकहरूले देश भरी आन्दोलन गरिरहेको बेला स्वास्थ्य सेवा कार्यालय दैलेखका स्वास्थ्यकर्मीहरुले पनि आन्दोलन सुरु गरेका छन्। केही दिन देखी लगातार बिहान दश बजे देखि एघार बजे सम्म ओपिटी बन्द गरेर आन्दोलन गरेका हुन्। शृंखला ढङ्गबाट चिकित्सकहरू माथी हमला हाम्रो लागी स्वीकारे छैन त्यसैले पनि यो आन्दोलनमा हाम्रो पनि समर्थन रहेको स्वास्थ्यमा सेवा कार्यालयका प्रमुख डाक्टर धर्मराज रेग्मीले बताए। देशमा कानुनको राज्य हुनुपर्छ हामी स्वास्थ्यकर्मीहरु सुरक्षित हुनुपर्छ उनीले भने हाम्रो प्रमुख माग यही हो। हाम्रो माग पूरा नभए सम्म चिकित्सकहरूको आन्दोलन दैलेखमा पनी चलिरहने रेग्मीले बताए। आन्दोलन भए पनि बिरामीको अवस्था हेरेर उपचार हुने समेत बताए।
अनलाइन नागरिक ११ आश्विन २०८०, बिहीबार १९:०६