गुरुकुलका विद्यार्थी दैलेख अस्पतालमा

कृष्णा कुमारी विक दैलेख _पञ्चकोशी वेद विद्या आश्रम दैलेखमा गुरुकुल अध्ययनरत विद्यार्थीलाई चिसो मौसममा एलर्जीको समस्या भएपछि उपचारको लागि जिल्ला अस्पताल आएका हुन्। दुल्लु १० नाबिस्थानमा कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेशका जम्मा ३५ जना विद्यार्थीले गुरुकुल अध्ययन गरिरहेका छन्। करिब २० जना जातिलाई ज्यू चिलाउने समस्या देखा परेपछि अस्पताल आएका हुन्।समस्या सामान्य रहेको अस्पताल जनाएको छ। तस्बिर : कृष्णा कुमारी विक