दैलेखमा एकैपटक छ भैँसीको मृत्यु।

भूपेन्द्र शाही

एकै पटक दैलेखमा छ वटा भैंसी मृत भएका छन्। गुराँस गाउँपालिकाको रीठामा मृत भएका हुन्। भैँसी व्यवसायी गुलरिया नगरपालिका ६ बर्दिया निवासी आपताप कुरेसीले ट्रकबाट लग्न लागेका भैँसी ट्रकमै मरेका हुन्। भैँसीहरू भगवतीमाई गाउँपालिका,र नौमुले गाउँपालिका बाट खरिद गरिएको थियो। कति पशु पन्छीहरू बाहिर जिल्लाबाट आउँछन् र यस जिल्लाबाट कति बाहिर जान्छन् भन्ने प्रष्ट डाटा सरोकारवाला निकायहरूसँग पनि छैन। भैँसीको पोस्टमार्टम लागि खबर आएको हामीहरु सो तयारीमा जुटेको पशु कार्यालयका प्रमुख प्रचण्ड खड्का क्षेत्रीले बताए।