काठमाडाैं : राजस्व अनुसन्धान विभागले भन्सार छलेको अभियोगमा चार जनाविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ। विभागले चार जनाविरुद्ध रु चार करोड ४६ लाख ३७ हजार १८४ बराबरको बिगो दाबी गर्दै ललितपुरको पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हाे ।
विभागले पर्सा पटेर्वा स्थायी घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१० कपन बस्ने सन्तोषचन्द्र बख्रेल, कागेश्वरी मनहरा नगरपालिका–६ का शैलेश पन्त, पर्सा ठोरी घर भई हाल काठमाडौं–५ बस्ने रवीन पाख्रिन र सर्लाही बरथहवा घर भई हाल काठमाडौं-७ बस्ने नारायणप्रसाद घिमिरेविरूद्ध मुद्दा दायर गरेको जनाएकोे छ ।
विभागका अनुसार उनीहरूले भन्सार शुल्क, अन्तःशुल्क नियमावली, राजस्व चुहावट ऐनविपरीत पैठारी गरी राजस्व छलेको पाइएको छ । विभागले बख्रेल र पन्तसँग जनही रु एक करोड ४७ लाख ३२ हजार, पाख्रिनसँग रु एक करोड ४३ लाख ९२ हजार ३०६ र घिमिरेसँग रु सात लाख ८० हजार ८१८ बिगो माग गरेको छ ।
अनलाइन नागरिक २३ फाल्गुन २०७८, सोमबार १९:३५