सरकारी सम्पत्ति दोहन गर्नेलाई भएन कारबाही

सरकारी लगानीमा बनाइएको संरचनालाई भत्काएर व्यक्तिगत प्रयोजनमा लैजानेलाई अहिलेसम्म कारबाही हुन नसकेको छैन्। वीरेन्द्रनगर नगरपालिका–६ स्थित घण्टाघरसंगै जोडिएर बनाउन लागिएको दिनेश स्मृती पार्कबाट निर्माण सामाग्रीहरु उठाउने क्याप्टेन दिनेश स्मृती प्रतिष्ठानका अध्यक्ष मनदत्त न्यौपानलाई दुई हप्ता हुन लाग्दा समेत सरोकारवाला निकायबाट कारबाही नगरेको हो।

व्यक्तिगत रुपमा सरकारी लगानी बनेको संरचना भत्काएर स्थानीयले विरोध गर्दा समेत सरकारी निकाय कारबाही नगरी रमिते बनेको हो। डिभिजन वन कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पार्कको संचरना व्यक्तिगत प्रयोजनमा लैजान रोक्न पत्र पठाए पनि प्रहरीले सुनुवाई गरेन्।

सरकारी सम्पत्ति दोहन गर्ने न्यौपानेलाई राजनितिक संरक्षणमा उन्मुक्ति दिने आंशका स्थानीयहरुले गरेका छन्। डिभिजन वन कार्यालय सुर्खेतले सरकारी सम्पत्ति सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई दुई हप्ताअघि पत्र समेत समेत पठाएको थियो।

क्या. दिनेश स्मृती प्रतिष्ठानका अध्यक्ष मनदत्त न्यौपानले पार्कको संरचना भत्काई डोजर र टिप्पर लगाएर ढुंगा, ईटा र वालुवा उठाएका अध्यक्ष न्यौपानेले गरेको दुई हप्ता नाघिसक्दा पनि सरोकारवाला निकायले कारबाही गर्ने साहास समेत गर्न सकेका छैनन्। जसका कारण स्थानीयहरु आक्रोशीत भएका छन्।

सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा जग्गा प्राप्तीको अधिकारको प्रकृया नपुर्‍याई पार्क निर्माण गर्न लागिएपछि चौतर्फी विरोधपछि निर्माधिन अवस्थामै पार्कको काम रोकिएको थियो। दुई हप्ताअघि निर्माधिन अवस्थामै छोडिएको संरचनालाई अध्यक्ष न्यौपानेले आफ्नो लगानी छ भन्दै भत्काएर व्यक्तिगत प्रयोजनका लागि लगेका थिए। वन डिभिजन कार्यालयको आर्थिक सहयोगमा बनेको संरचना चौतर्फी विरोध भएपछि २०७८ फागुन ८ गते डिभिजन वन कार्यालयले स्पष्टिकरण सोधिएको छ।

२०७६ साल चैत्र २२ गते डिभिजन वन कार्यालयलाई पार्क निर्माणका लागि वीरेन्द्रनगर पालिकाले सिफारिस गरेको थियो। संघीय सरकारले ३० लाख र प्रदेश सरकारले ४० लाख गरी ७० लाख रुपैँया विनियोजन भएको घण्टाघरसंगै रहेको खाली भागमा बनाउनका लागि सम्झौता गर्न नगरपालिकाले सिफारिस गरेको थियो।

डिभिजन वन कार्यालयबाट क्या. दिनेश स्मृती पार्क निर्माणका लागि सम्झौता गरी डिभिजन वन कार्यालयको चलानी नम्वर १७६१ र मिति २०७७ बैशाख ९ गतेको पत्रबाट कार्यादेश भएको थियो। काम गर्दा गर्दै विरोध हुन थालेपछि काम रोकिएको थियो। काम रोकिएपछि भएको मुंल्याकनमा १२ लाख ४७ हजार ६ सय ८२ रुपैँया प्रतिष्ठानलाई भु्क्तानी दिइएको थियो।

सरकारी खर्चमा बनाइएको संरचना भत्काई ढुंगा, ईटा र बालुवा लगेको? यस प्रकार सरकारी निकायसंग सम्झौता भई, सरकारी रकम खर्च गरी निर्मित संरचनाहरु विना इजाजत आफू खुसी भत्काई लैजानुको कारण र मनसाय के हो? उक्त संरचना कसको आदेशमा भत्काउनु भएको हो? उक्त सामान उठाई लैजाने तपाईसंग कुनै निकायको इजाजत भए सो समेत संलग्न राखी सत्य तथ्य सहितको ७ दिनभित्र कार्यालयमा क्या. दिनेश स्मृती प्रतिष्ठानका अध्यक्षलाई स्पष्टिकरण दिने सामान्य पत्र  बाहेक अरु कानुनी कारबाहीका लागि पहल गरेको छैन्।

के कति कारणले, किन लगेको, कस्को आदेशले लिएको भनेर व्यक्तिगत रुपमा प्रयोग गर्न सामान उठाएर लिएका क्याप्टेन दिनेश प्रतिष्ठानका अध्यक्षलाई ७ दिने स्पष्टिकरण सोधेको डिभिजन वन कार्यालय सुर्खेतका डिभिजन प्रमुख मुनबहादुर रावलले बताए।

‘पार्क बनाउँदा भएको विल हेरेर पार्कमा कहाँ कति खर्च गरिएको त्यसको विवरण राख्ने तयारीमा छौं। अनि कार्यालयबाट भएको काम कति भएको र क्षती कति भएको मुल्याकंन गरिनेछ।’ डिभिजन प्रमुख रावतले भने, स्पष्टिकरण सोधिएको र त्यसको जवाफ पनि आउँदैछ। हामीले लगानी गरेको सरकारी क्षतीको विवरण निकालेर जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्ने तयारीमा रहेका छौं।’