स्थापना दिवसमा मङ्गला माँको सम्झना

७७ औँ स्थापना दिवसको अवसरमा नेपाल महिला सङ्घले आज एक औपचारिक कार्यक्रम सम्पन्न गरेको छ। नेपाली कांग्रेसको पार्टी कार्यालयमा भएको कार्यक्रममा नेपाली कांग्रेसका पार्टी सभापति मणिराम रेग्मीको प्रमुख अतिथि सम्पन्न भएको हो कार्यक्रमको विशेष अतिथिमा निर्मला थापा खड्का र महासमिति सदस्य गणेशप्रसाद उपाध्यायको विशेष आतित्यमा कार्यक्रम सम्पन्न भएको हो। प्रमुख अतिथि रेग्मीले knc अस्पताल काठमाडौँमा हाम्रो दैलेख जिल्लाकाबिरामीहरूलाई उपचार निःशुल्क भएकोले सिङ्गो जिल्लावासीहरूलाई त्यो अवसर लिन अनुरोध गरे। यसको लागि माननीय डाक्टर सुनिल शर्मालाई समेत धन्यवाद दिएका थिए। भने विशेष अतिथि खड्काले मङ्गला माको त्यो बेलाको चेतना सम्मान गर्दै पार्टीले उहाँको सम्झनामा समाजमा थुप्रै काम गर्नुपर्ने विचार व्यक्त गरिन् भने संस्थापक अध्यक्ष मंगलादेवी सिंहको स्मृतिमा कार्यक्रम गर्न पाउँदा आफूलाई गर्व लागेको उहाँकै योगदानले आज हामी यो स्थानमा पुगेको महिला सङ्घको कार्यवाहक अध्यक्ष दुर्गा श्रेष्ठले बताइन् उनले भनिन् हाम्रो निम्तोलाई स्वीकारेर आउने सबैलाई धन्यवाद दिइन्। कार्यक्रममा अन्य नेता कार्यकर्ताले मंगला देवी माको सम्झना गरेका थिए।