नवराजको ‘सितरी यी मौसम’ मा कृष्ण र मौसमीको जोडी

 

नवराजको 'सितरी यी मौसम' मा कृष्ण र मौसमीको जोडी

नेपालगंज।मोफसलमा बसेर नेपाली सांगीतिक क्षेत्रमा एक अब्बल निर्देशकको रुपमा आफुलाई स्थापित गर्न सफल निर्देशक हुन नवराज सुवेदी । मोफसलमा रहेर हिट गितको म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक सुवेदीले फेरी अर्को नयाँ ‘सितर यी मौसम’ बोलको थारु गीतको भिडियो निर्देशन गरेका छन ।

शुक्रबार एक कार्यक्रमका विच कलाकार सहित भिडियो सार्वजनिक गरेका निर्देशक सुवेदिले यो गीतले आफुलाई थप उचाइमा पुर्याउन मद्दत गर्ने बताए ।

बाँकेको पर्यटकिय स्थल ढकेरीमा छायांकन गरिएको गीतमा भुवन वडुको स्वर रहेको छ । वहादुर वैरागी र मनिराम थारुको संगीत रहेको गीतमा बहादुर वैरागी र रवी रतगैयाको शब्द रहेको छ । नेपालगंजका चर्चित संचारकर्मी कृष्ण राज अधिकारी संगै मौसमी राना मगरको अभिनय रहेको गीतमा माया प्रेमको कुराहरुलाई प्रस्तुत गरिएको छ ।