दैलेखका विशालले एकै वर्षमा निकाले लोकसेवाको ६ पदमा नाम

नारायण नगरपालिका १ पुरानोबजारका श्रेष्ठले विभिन्न पदको परीक्षामा एकैवर्षमा ६ पदमा नाम निकाल्न सफल भएका हुन् । उनले वाग्मती प्रदेशअन्तर्गत इन्जिनियर प्राविधिक सातौं, संघीय सिभिल इन्जिनियर (रा.प तृतीय), संघीय बिल्डिङ एण्ड आर्किटेक्ट इन्जिनियर (रा. प तृतीय), नेपाली सेनाको उपसेनानी (प्राविधिक इन्जिनियर), नेपाल प्रहरीको प्रहरी निरीक्षक (प्राविधिक इन्जिनियर), वाग्मती प्रदेशमा सब इन्जिनियरमा नाम निकालेका हुन् ।

विशाल भन्छन्, मेहनतको फल देखिन थालेको छ। अझ केही गर्नु छ। म अहिले सम्म कुनैमा फेल भएको छैन ।’ हाल उनी काडमाडौं महानगरको वडा २६ मा कार्यरत छन् । विशाल सानैदेखि नै अत्यन्तै सहयोगी लगनशील थिए बुवा रामबहादुर श्रेष्ठले बताए। रामबहादुरले भने मेरो पनि जीवन सफल भयो।