प्रहरी कार्यालयमा निशुल्क स्वास्थ्य शिविर

निःशुल्क स्वास्थ्य शिविर भएको छ। आज ६९ औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दैलेखमा शिविर भएको हो। ६५ जना प्रहरी कर्मचारीको सुगर, प्रेसर लगायत रोगको चेकजाँच गरिएको सूचना अधिकारी प्रहरी निरीक्षक लाल बहादुर सुनारले बताए। शिविरमा डाक्टर विकास महतारा टोलीले चेकजाँच गरेको थियो। कामको प्रेसरले गर्दा प्रहरी कर्मचारीमा चेकजाँच गर्ने समय नमिल्ने भएकाले आज कार्यालयमै शिविर गरिएको डिएसपी सुनिल दाहालले बताए। प्रहरी दिवसको अवसरमा जिल्लामा महिला प्रहरीको फुटबल प्रतियोगिता लगायतका मनोरञ्जनात्मक कार्यकम समेत गरिरहेको छ।