वृक्षारोपण कार्यक्रम सम्पन्न

सुनिता रावल सोनी

वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। जनचेतना सामुदायिक वन उपभोक्ता समुह सुर्खेतले आज वीरेन्द्रनगर वडा १० रहेको वनमा बुक्षारोपण कार्यक्रममा सम्पन्न गरेको हो। कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन तथा वन तथा वातावरणका मन्त्री सुरेश अधिकारी र यही मन्त्रालय निमित्त सचीव शेर शेरबहादुर श्रेष्ठ, बुद्धिजीवी, समाजसेवी कर्मचारी, र समूहका सदस्यको उपस्थितिमा करिब तीन सय भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको छ। सहरी क्षेत्रको वन जङ्गल जगर्ना गर्नु पर्ने आजको आवश्यकता भएको मन्त्री सुरेश अधिकारीले बताए। भने जनचेतना सामुदायिक उपभोक्ता समूहले यस क्षेत्रको वन संरक्षण, विभिन्न प्रजातिका बिरुवा रोपण सँगै स्थानीयलाई रोजगारसँग जोड्ने उद्देश्य अनुरूप यी कामहरू अगाडि बढाइरहेको जनचेतनाका अध्यक्ष प्रकाश पौडेलले बताए।